एनपीएलको अक्सनका लागि १५० खेलाडीको सूची सार्वजनिक

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२२ श्रावण २०८२

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि हुने मिनी अक्सनमा सहभागी हुने खेलाडीको अन्तिम सुची सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार विज्ञप्ति जारी गर्दै अक्सनमा सहभागी रहने १५० जना खेलाडीको अन्तिम सुची घोषणा गरेको हो । एनपिएल अक्सनका लागि ४ सय ५८ जनाले आफ्नो नाम दर्ता गराएका थिए । क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेका १५० खेलाडीलाई अन्तिम सुचीमा समावेश गरिएको जनाइएको छ । अक्सन अब आउने शनिबार हुदैछ । १५० खेलाडीलाई विभिन्न क्याटेगोरीमा विभाजन गरिएको छ । क्याटेगोरी ‘ए’ मा ८ जना, क्याटेगोरी ‘बी’ मा ३५ तथा क्याटेगोरी ‘सी’ मा १०७ खेलाडी रहेका छन् ।

एनपीएलको दोस्रो संस्करणका लागि सबै ८ टोलीले आ-आफ्नो रिटेन्सन लिस्ट सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार