महिला तर्फ आवर विराटनगरकी इन्दु र पुरुष तर्फ लाइभ न्यूजका कप्लेश्वर भए प्रथम

लाइभ न्यूज रफतार 2561+ समाचार ( )
१० जेठ २०८१

नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसका अवसरमा सञ्चारकर्मीहरुबीच दौड प्रतियोगितामा , लाइभ न्यूज रफतार टिभिका पत्रकार कपलेश्वर यादव प्रथम भएका छन् । त्यस्तै विएफएमका अनन्तराम चौधरी द्वितीय र इलाम सुरेश भट्टराई तृतीय भए । यता , महिला सञ्चारकर्मीतर्फ बिराटनगरमा अवस्थित चर्चित , आवर बिराटनगर मिडिया संवाददाता इन्दु साह प्रथम, ताप्लेजुङकी माला पालुङ्गा द्वितीय, तेह्रथुमकी जानुका नेपाल तृतीय भए । विजेता महिला पुरुष दुवैलाई बराबरी क्रमशः १० हजार, ५ हजार र ३ हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । 

दौड प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले उद्घाटन गर्नुभएको थियो । विराट अस्पताल र रेडक्रसले स्वास्थ्यकर्मीसहित एम्बुलेन्स सेवा उपलब्ध गराएका थिए भने मोरङ जिल्ला एथलेटिक्स संघले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । महेन्द्र चोकबाट सुरु भएको दौड बरगाछी उत्तरमा अवस्थित होटल मनास्लु ईनमा पुगेर समापन भएको थियो । यसै बिच लाइभ न्यूज रफतारका पत्रकार सोनुकुमार दासले विजेता सबैलाई धन्यवाद व्यक्त गरे । 

नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् संघीय सांसद डा. शेखर कोइराला, महानगरका मेयर नागेश कोइराला, युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल र युनियनका कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदितले अग्रज पत्रकार खोटाङका कृष्ण आचार्य, झापाका गोविन्दचन्द्र क्षेत्री, सुनसरीका गिरिराज आचार्य र हर्ष सुब्बा, मोरङका भारती उपाध्याय र दुर्गाप्रसाद खतिवडालाई सम्मान समेत गरेका थिए । 


प्रतिक्रिया

सम्बन्धित समाचार