अमेरिकाको प्रतिष्ठित अनुदान जित्दै नेपाली वैज्ञानिक जयप्रकाश मण्डल

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
७ मंगशिर २०८२

नेपाली क्यान्सर वैज्ञानिक डा. जयप्रकाश मण्डलले अमेरिकी संस्था HERA Ovarian Cancer Foundation द्वारा प्रदान गरिने २०२५ Outside-the-Box Grant हासिल गरेका छन्। करिब ३०,००० अमेरिकी डलर मूल्यको यो अत्यन्त प्रतिस्पर्धी अनुदान ovarian cancer उपचारमा नयाँ सम्भावना खोज्ने अभिनव अवधारणालाई समर्थन गर्ने उद्देश्यले दिइन्छ।

जन्स हप्किन्स विश्वविद्यालयको स्कूल अफ मेडिसिनमा पोस्टडक्क फेलोका रूपमा कार्यरत डा. मण्डलको प्रस्तावलाई समीक्षकहरूले “साहसी, मेकानिज्म–केन्द्रित र उच्च प्रभाव पार्ने क्षमता भएको” भन्दै उच्च प्रशंसा गरेका छन्। उनका अनुसन्धानले ovarian cancer को सबैभन्दा घातक प्रकार High-Grade Serous Carcinoma (HGSC) मा देखिने तनाव–सम्बन्धी आणविक कमजोरी पहिचान गर्ने नयाँ रणनीति प्रस्तुत गरेको छ।

यो प्रतिस्पर्धामा MD Anderson, Pittsburgh, Colorado र Johns Hopkins जस्ता प्रतिष्ठित अमेरिकी क्यान्सर केन्द्रका प्रस्तावहरू पनि सहभागी थिए। ती सबैभन्दा अलग देखिएको डा. मण्डलको परियोजनाले SOX4 नामक प्रोटिनले क्यान्सर कोषहरूमा निरन्तर आन्तरिक तनाव सिर्जना गर्ने प्रक्रियालाई लक्षित गर्नेछ। यस्तो तनावले ट्युमरमा एउटा विशिष्ट कमजोरी बनाउनसक्ने भएकाले, त्यसलाई उपयोग गर्दै क्यान्सर कोषहरूलाई नष्ट गर्ने सम्भावना परीक्षण गरिनेछ—त्यसैबीच सामान्य स्वस्थ कोषहरू सुरक्षित रहूँन् भन्ने उद्देश्यसहित।

HGSC पटक–पटक देखिने (recurrence) समस्या भएकाले उपचारमा ठूलो चुनौती मानिन्छ। डा. मण्डलको अनुसन्धानले यही कमजोरीलाई आधार बनाएर दीर्घकालीन उपचार रणनीति विकास गर्ने लक्ष्य लिएको छ, जसले भविष्यमा बिरामीको जीवनगुणस्तर र बाँच्ने सम्भावना वृद्धि गर्न सहयोग पुर्‍याउन सक्छ।

सुनसरीको बराहक्षेत्र–३, भरौलका डा. मण्डलले बाल मन्दिर स्कुल र मोर्निङ स्टार स्कुलबाट आधारभूत शिक्षा प्राप्त गरेका थिए। उनले पूर्ण छात्रवृत्तिमा Cancer Biology मा PhD सम्पन्न गरे। सन् २०२१ देखि उनी Johns Hopkins मा पोस्टडक्क अनुसन्धानकर्ता छन् र यस अवधिमा उनले chemoresistance, DNA damage response, replication stress तथा gynecologic cancers सम्बन्धी विषयमा उच्च–प्रभाव भएका पहिलो–लेखक (first-author) अनुसन्धानहरू प्रकाशित गर्दै आएका छन्।

प्रतिक्रिया

Bharoul Bal Mandir English Secondary School १५ फाल्गुन २०८२, शुक्रबार

good

Jay prakash mandal ७ मंगशिर २०८२, शनिबार

Congratulations Dr jpm

सम्बन्धित समाचार