प्रतितोला १६ सय घट्यो सुन , प्रतितोला १ लाख ८९ हजार ३ सय रुपैयाँ

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१५ जेठ २०८२

बुधबार सुनको भाउ तोलामा १६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ८९ हजार ३ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँ थियो । वैशाख ९ गते सुनको भाउले हालसम्मकै उच्च मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँ बनाएको रेकर्ड छ । सुनको भाउ घट्दा पनि चाँदी तोलामा १० रुपैयाँ बढेको छ ।

अघिल्लो दिन १९९५ रुपैयाँ रहेको चाँदी आज २ हजार ५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार