एकै सिजनमा नौ हजार कफीका बिरुवा उत्पादन गरी बिक्री

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२ श्रावण २०८२

पाल्पाको रामपुर नगरपालिका–५ स्थित भम्बकका प्रेमबहादुर सिंह ठकुरीले एकै सिजनमा नौ हजार कफीका बिरुवा उत्पादन गरी बिक्री गरेका छन् । उनले गतवर्ष करिब ६ हजार बराबरको बिरुवा बिक्री गरेका थिए ।

यो क्षेत्रमा फागुनदेखि असारसम्म कफीका बिरुवा रोप्ने गरिन्छ । ठकुरीले विगत तीन वर्षदेखि अरबिका जातको बिरुवा उत्पादन गरिरहेका छन् । प्रति बिरुवा रु ४० का दरले फार्मबाटै धमाधम बिक्री भइरहेको उनले बताए । नर्सरीमा दुई हजार ५०० बिरुवा बिक्री गर्न बाँकी रहेको उनले जानकारी दिए । पाल्पामा उत्पादन भएका बिरुवा पाल्पा, स्याङ्जा, पर्वतलगायतका जिल्लामा खपत हुने गरेको छ ।

बिरुवा राखेको १४ महिनामा लगाउन योग्य हुने गर्छ । ठकुरीले आफ्नै घरमा अर्गानिक चिया तथा कफी उद्योग समेत सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार