राजावादीहरुले आज पनि काठमाडौंमा प्रदर्शन गरे

लाइभ न्यूज रफतार 3760+ समाचार ( )
१७ जेठ २०८२

राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राजावादीहरुले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

उनीहरुले माइतीघर-बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् । उनीहरुले विहीबार शान्तिबाटीकामा प्रदर्शन गरेका थिए । राप्रपा नेपालसहितका दलहरुले गणतन्त्र घोषणा भएको जेठ १५ गतेदेखि प्रदर्शन सुरु गरेका थिए । यो प्रदर्शन निरन्तर गर्ने सो पार्टीका नेताहरुले बताएका छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र नआउञ्जेल प्रदर्शन गरिरहने बताए । प्रदर्शनका कारण माइतीघर-बानेश्वर सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार