गोरखापत्र च्यात्न र जलाउन खोज्ने सन्तोष राजावादी माइतीघर मण्डलाबाट पक्राउ

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१० भाद्र २०८२

गोरखापत्रमा छापिएको लेखको विरोधमा उत्रिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको माइतीघर मण्डलाबाट प्रहरीले सन्तोष राजावादी भनिने सन्तोष कुमार सिलवाललाई प्रहरीले पक्राउ गरेको थियो ।

धादिङको सितले गाउँपालिका–४ स्थायी घर भएका सन्तोष काठमाडौंको कलंकीमा बस्दै आएका छन् । उनी गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक आन्दोलनको क्रममा पनि पक्राउ परेका व्यक्ति हुन् ।गोरखापत्रमा मंगलबार ‘निरहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शीर्षकमा लेख लेखिएको थियो । उनले उक्त लेखको विरोध गर्दै पत्रिका च्यात्ने र जलाउन खोज्ने गरेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपीले जानकारी दिए ।

उनका अनुसार सन्तोषलाई दिउँसो २ बजेर २५ मिनेटमा नियन्त्रणमा लिइएको हो । उनलाई नियन्त्रणमा लिएर परिसरमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार