लियो क्लब अफ बिराटनगर यूनाईटेड्द्वारा आयोजित अन्तर विद्यालय चित्रकला प्रतियोगीता सफलतापूर्वक सम्पन्न भएको छ । १ भाद्र शुक्रवार (बिहान ११ः०० बजेदेखि देखि दिउसो ३ः३० बजे सम्म), पुसोइ÷पुस्याट परिसरमा अयोजना गरिएको उक्त कार्यक्रमको अध्यक्षता लियो क्लब अफ बिराटनगर यूनाईटेड्को वर्तमान सभापति लियो सन्तोष कुमार साह ज्यूले गर्नु भएको थियो ।>
गरिब तथा विपन्न वर्गलाई आहार प्रदान गर्न रकम संकलन गर्ने उद्देश्यले गरिएको उक्त फन्डरेजर कर्यक्रममा विराटनगर भित्रका विद्यालयहरुबाट ३३ जना विद्यार्थीहरुको सहभागी रहेको थियो । कर्यक्रको उदघाटन प्रमुख अथिति बिराटनगर महानगरपालीकाकी उपमेयर श्रीमती शिल्पा निरौला कार्की ज्यूद्वारा गरियो । कार्यक्रको विशेष अथिती लायन्स क्लब अफ बिराटनगर यूनाईटेडकी अध्यक्ष लायन टिका सिवाकोटी पोखरेल, लायन्स क्लब अफ बिराटनगर यूनाईटेडको सचिव डाक्टर उद्धव पोखरेल, पुसोईको डाईरेक्टर श्री नरेश शाह, पुस्याटको डाइरेक्टर श्री तेजराज गिरी, पुसोइ÷पुस्याटको प्रशासन प्रमुख श्री जनक लिमसिना र लियो डिष्ट्रिक्ट ३२५सी को रिजन ३ चेरयरपर्सन लियो रुपेश भण्डारी ज्यहरु हुनुहुन्थ्यो । >
ललिक कला संगमको अध्यक्ष श्री प्रकाश चौधरी र ललित कला संगमको सल्लाकार श्री निवास पोखरेल ज्यूहरु निर्नयकर्ता रहेको उक्त प्रतियोगितामा प्रथम स्थान दिल्ली पब्लीक स्कूलकी छात्रा श्रुती जाधव, दोस्रो स्थान बुढानिलकणठ स्कूलकी छात्रा श्रीन् भट्टराई, तृत्य स्थान ग्रेडेड् स्कूलकी छात्रा कृतिका यादवले हासिल गरि पुरस्कार प्राप्त गर्नुभएकोछ भने अर्निको स्कुलकी छात्रा आबरीती भण्डारी र स्टार स्कूलकै छात्रा अञ्जली तुलाधरले सानत्वना पुरस्कार प्रप्त गर्नु भएको जनकारी कर्यक्रम संयोजक लियो ह्याप्पी कुमार देवले जानकारी गराउनुभयो ।>
>>