मेरिटोक्रेसीको कुरा बाहिर राम्रो देखाउने र भित्र अर्कै गर्ने गरिएको प्रधानमन्त्रीको टिप्पणी

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
४ फाल्गुन २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयमा मेरिटोक्रेसीको कुरा बाहिर शब्दको राम्रो पोशाक देखाउने र भित्र अर्कै गर्ने गरिएको टिप्पणी गरेका छन् ।

‘मेरिटोक्रेसी आलंकारिक भाषणको विषय होइन, शब्दको राम्रो पोशाक लगाएर मेरिटोक्रेसी हुने भए आज विश्लविद्यालयमा जे भइरहेको छ, त्यस्तो हुन्थ्यो र ?,’ प्रधानमन्त्री ओलीले भने, ‘बाहिर शब्दको राम्रो पोशाक देखाउने र भित्र अर्कै गर्ने भइरहेको थियो, आज त्यसको परिणाम विश्वविद्यालय र हाम्रा संस्थाहरूले भोगिरहेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । मेरिटोक्रेसी आलंकारिक भाषणको विषय नभएको भन्दै उनले विश्वविद्यालयको व्यवसायिक दक्षतालाई नै मुख्य योग्यता बनाउने गरी काम अगाडि बढाइरहेको बताए ।

हामी त्यस्ता संस्थाहरूमा व्यवसायिक दक्षतालाई नै मुख्य योग्यता बनाउने गरी काम अगाडि बढाइरहेका छौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार