साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३०।९२ अंकले घटेर बन्द

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१८ माघ २०८०

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३०।९२ अंकले घटेर बन्द भएको छ । यसदिन बजार १।४७ प्रतिशतले घटेर २०६७।०१ विन्दुमा बन्द भएको हो ।

बिहीबार चार अर्ब १८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार पाँच अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो । १९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २२६ कम्पनीको सेयर मूल्य घटेको छ । मञ्जुश्री फाइनान्स लिमिटेडको सेयर मूल्य भने स्थिर छ । समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६।१० प्रतिशतले वृद्धि भएको छ । साम्लिङ पावर कम्पनीको सेयर मूल्य ९।४२ प्रतिशतले घटेको छ । हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ५४ करोड एक लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये फाइनान्स समूहको परिसूचक वृद्धि भएको छ । फाइनान्स समूहको परिसूचक ०।२१ प्रतिशतले वृद्धि भएको छ । बाँकी १२ समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह छ ।  यो समूहको परिसूचक २।३५ प्रतिशतले घटेको छ । 


प्रतिक्रिया

सम्बन्धित समाचार