सुर्खेतमा एक जना ६० वर्षीय जेष्ठ नागरिकले भेरी नदीमा हाम फाल्दा बेपत्ता

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२५ असार २०८२

सुर्खेतमा एक जना ६० वर्षीय जेष्ठ नागरिकले भेरी नदीमा हाम फाल्दा बेपत्ता भएका छन् । बुधबार दिउँसो गुर्भाकोट नगरपालिका–१० भेडावारिस्थित भेरी नदी पुलबाट हाम फाल्दा गुर्भाकोट –११, सिमखोलीका ६० वर्षीय गोपाल वली बेपत्ता भएका हुन् ।

वलीले आज दिउँसो  २: २० बजेको समयमा भेरी नदीमा हाम फाल्दा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए । उनका अनुसार वलीले भेरी नदीमा हाम फालेको भन्दै २: ३५ बजे  स्थानीयले प्रहरी चौकी मेहलकुनामा खबर गरेका थिए ।

त्यसलगत्तै मेहलकुनाबाट प्रहरी सहायक निरीक्षक भूपेन्द्र अधिकारीको कमान्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । उनको खोजीकार्य भइहरेको सुर्खेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार