सरकार कहिल्यै निरीह र कमजोर नभएको बताए : पदम गिरी

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२४ माघ २०८०

नेकपा (एमाले)का प्रमुख सचेत पदम गिरीले सरकार इतिहासमा यति निरीह र कमजोर कहिल्यै नभएको बताएका छन् । 

आजको प्रतिनिधिसभा बैठकमा उनले कमजोर व्यक्तिलाई थुन्ने र बलियादेखि परैबाट भगाएको आरोप लगाए । उनले टेरामक्स प्रकरणमा भएको भ्रष्टाचारको अनुमान गर्न पनि गाह्रो हुने सुनाए । 

“एउटा ल्यापटपलाई ५० हजार डलरमा किन्न भ्याउने । खान पनि कत्रो मुख हो । राख्ने कत्रो पेट हो । अनुमान नै गर्न सकिँदैन,” गिरीले भने । सरकारका मन्त्रीहरूलाई यसबारे अख्तियारले बोलाउन नगएको भन्दै आपत्ति प्रकट गरे । 

त्यस्तै, एनसेल खरिद प्रक्रियाका सन्दर्भमा के धारणा बनाएको छ ? भन्दै प्रश्न गरे । आयोगले बनाएको प्रतिवेदन आँखामा छारो हाल्न बनाएको हो कि कार्यान्वयन गर्ने आँट छ भन्दै सोधे ।

त्यस्तै, सुन तस्करी आयोगलाई स्वतन्त्र ढंगले काम गर्न नदिएको आरोप लगाए । समितिलाई सरकारले राजनीति दबाब दिएको आरोप लगाए ।


प्रतिक्रिया

सम्बन्धित समाचार