विराटनगर । विश्वकर्मा पूजाको अवसर पारेर मोरङको कटहरी–६ स्थित जनकी पोलिकेम प्रालिले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीका कर्मचारी तथा श्रमिकहरूको सहभागितामा आयोजित कार्यक्रममा १४ पिन्ट रगत संकलन गरिएको हो।>
नेपाल रेडक्रस सोसाइटी देवकोटा चोकको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा जनकी पोलिकेममा कार्यरत कर्मचारी तथा श्रमिकहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए।>
रक्त अभावका कारण बिरामी तथा उपचाररत व्यक्तिहरूले समस्या भोग्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।>
कार्यक्रममा सहभागी कर्मचारी तथा श्रमिकहरूले रक्तदान मानव जीवन बचाउने महत्वपूर्ण सामाजिक कार्य भएकाले आगामी दिनमा समेत यस्ता मानवीय तथा सामाजिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।>
नेपाल रेडक्रस सोसाइटी देवकोटा चोकको प्राविधिक तथा व्यवस्थापन सहयोगमा सम्पन्न कार्यक्रममा १४ पिन्ट रगत संकलन भएको जनाइएको छ।>
विश्वकर्मा पूजाजस्तो विशेष अवसरलाई केवल धार्मिक तथा औपचारिक कार्यक्रममै सीमित नराखी रक्तदानमार्फत मानवीय सेवासँग जोडिएको आयोजकको भनाइ छ।>>