‘पूर्णबहादुरको सारङ्गी’को दोस्रो श्रृंखला २०८३ मा, रिलिज गर्ने लक्ष्य छ । ‘पूर्णबहादुरको सारङ्गी’ अहिले घरेलु बक्स अफिसमा झण्डै आधा अर्बको दौडमा छ । अहिलेसम्मको विश्वव्यापी कलेक्सन ६९ करोड रुपैयाँ छ, जुन आफैंमा कीर्तिमानी अंक हो । >
घरभित्र फिल्मले चौथो सातासम्म ४५ करोड ७४ लाख ग्रस कमाएको छ । विदेशमा मात्रै २३ करोड ३५ लाख नेरु ग्रस कमाएको छ । फिल्मले जसरी स्वदेश र विदेशमा कमाइ गर्यो, रेकर्डलाई तोड्न सजिलो अवश्य छैन । ‘पूर्णबहादुरको सारङ्गी’ नेपाली टेलिभिजनका दर्शकहरूमा निकै लोकप्रिय भएको छ र यसको कथावस्तु र पात्रहरूको प्रस्तुतीकरणले दर्शकहरूलाई अत्यधिक प्रभावित गरेको छ। फिल्मको नयाँ श्रृंखलालाई हेर्न दर्शक अधैर्य छन् । दर्शकको मुड बुझेरै होला, निर्माता कम्पनी सेभेन सिज दोस्रो सिक्वेल बनाउने तयारीमा जुटेको छ । २०८३ सालमा दोस्रो श्रृंखला रिलिज गर्ने लक्ष्य छ । दोस्रो श्रृंखलामा भने फिल्मले ‘बाटुली’को कथा भन्नेछ । >
मुख्य महिला पात्र बाटुलीलाई लिएर फिल्म बनाउने तयारी भएको हो । दर्शकले पहिलो भागमा बाटुलीको बाँकी आयाम हेर्न पाएका छैनन्, यसैले त्यो थाहा पाउन उत्सुक छन् । बाटुलीको भूमिकामा अञ्जना बराइलीले अभिनय गरेकी छन् ।>>