तीनकुने घटनामा ७ दिनदेखि निरन्तर भइरहेको छ थुनछेक बहस, प्रतिवादीलाई लगियो अदालत

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२८ जेठ २०८२

काठमाडौंको तीनकुनेमा भएको आन्दोलनमा पक्राउ परेका ३९ जना प्रतिवादीहरूको थुनछेक बहस अझै जारी छ। सात दिनदेखि जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा निरन्तर थुनछेक बहस चलिरहेको छ।

मंगलबार पनि थुनछेक बहसका लागि प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराइएको छ।  थुनछेक बहसको क्रममा दुर्गा प्रसाईं लगायत केही प्रतिवादीहरूको सकिसकेको छ। प्रतिवादीमध्ये पशुपति खड्काको तर्फबाट मंगलबार बहस हुँदैछ। उनको पक्षमा बहस गर्ने वकिलहरू थुप्रै रहेकाले आज पनि आदेश आउने सम्भावना कम छ। थुनछेक बहस बुधबारसम्म सक्ने तयारी छ। यद्यपि प्रतिवादीको तर्फबाट बहस गर्ने वकिलको संख्या अनुसार बहस कति दिनसम्म लम्बिन्छ भन्ने यकिन हुनेछ।

चैत १५ गते नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले तोकेका 'जनकमाण्डर' प्रसाईंको नेतृत्वमा आह्वान भएको तीनकुनेको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु, निजी घर, सरकारी गाडी, जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो। त्यस घटनामा सरकारी वकिलको कार्यालय काठमाडौंले ६१ जनाविरूद्ध जिल्ला अदालत काठमाडौंमा जेठ ११ गते मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार