नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने तयारी गरेको छ। >
नेतृत्वका आकांक्षीको व्यवस्थापन र पार्टीभित्रका विभिन्न समूहलाई समेट्न यस्तो व्यवस्था गर्न लागिएको हो। प्रस्तावित संशोधनमा तीन उपसभापति, त्यसमध्ये एक महिला अनिवार्य, र नयाँ वरिष्ठ उपसभापति पद सिर्जना गर्ने तयारी छ। महामन्त्री भने दुई जना नै रहनेछन्। त्यस्तै, सहमहामन्त्रीको संख्या बढाएर खुलातर्फबाट समेत प्रतिस्पर्धा गराउने प्रस्ताव गरिएको छ। हाल ३५ जना रहेको खुला केन्द्रीय सदस्यको संख्या पनि बढाइनेछ।>
कति पद थप्ने भन्नेबारे विधान संशोधन मस्यौदा समितिमा छलफल जारी छ। मस्यौदा केन्द्रीय समितिबाट अनुमोदन भएपछि महाधिवेशनबाट पारित गरिनेछ।>