प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक जात्रा र पर्वहरुमा जात्रामा भड्काउ खालका गतिविधि हुन थालेको बताएका छन् । >
उनले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने भन्दै त्यसलाई रोक्नुपर्ने बताए । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थक बालेनको फोटो अंकित टिर्सटसहित इन्द्रजात्रामा सहभागी भएकोतर्फ संकेत गर्दै उनले मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताए । गत १० भदौमा गौर पर्व मनाउन प्रधामनन्त्री टुँलिखेल पुग्दा प्रधानमन्त्री ओली र शेरबहादुर देउवा लगायत नेताविरुद्ध नाराबाजी भएको थियो । त्यस्ता घटनाप्रति प्रधानमन्त्रीको असहमति छ । प्रधानमन्त्री निवास, बालुवाटारमा ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताए । >
‘राजनीति र अर्थतन्त्र बिग्रिएमा केही वर्षमा माथि उठाउन सकिन्छ, तर संस्कृतिमा अधपतन भएमा यसलाई उठाउन वर्षौं लाग्न सक्छ । यसतर्फ हामी सचेत हुनुपर्छ,’ उनले भने । इन्द्रजात्राजस्ता पर्वहरुमा भएका कतिपय भड्काउपूर्ण गतिविधिप्रति असन्तुष्टि व्यक्त गरे ।>>