यमबहादुरले गरे आफ्नै आमाको विभत्स हत्या

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२० अशोज २०८२

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ को थापाकटेरी भन्ने ठाउँमा आफ्नै छोराले आमाको विभत्स हत्या गरेका छन् । हिजो आइतबार (१९ असोज) राति साढे ८ बजेतिर ३० वर्षीय यमबहादुर कँडेलले मादक पदार्थ र लागूऔषध सेवन गरेर ५५ वर्षीया आमा राममायाको हत्या गरेका हुन् ।

प्रहरीले दिएको जानकारी अनुसार, यमबहादुरले धारिलो हतियार प्रहार गरेर आमाको हत्या गरेका हुन् । प्रहरी चौकी सल्यानकोटले यमबहादुरलाई गएराति नै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार, यमबहादुर यसअघि पनि पटकपटक विभिन्न मुद्दामा पक्राउ पर्दै आएका व्यक्ति हुन् । उनी गुण्डा नाइके दिनेश अधिकारी ग्याङमा संलग्न भएर काम गर्दै आएको पनि अनुसन्धानका क्रममा खुलेको छ ।

‘आपराधिक गिरोह चलाउने दिने अधिकारी चरी समूहमा पनि उनी संलग्न रहेको खुल्न आएको छ,’ प्रहरी स्रोतको भनाइ छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार