विद्यालय शिक्षा विधेयक तुरून्तै आउँछ, तुरून्तै पास हुन्छ: प्रधानमन्त्री

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१० असार २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय शिक्षा विधेयक तुरून्तै आउने दाबी गरेका छन्। प्रतिनिधि सभामा मन्त्रालयगत विनियोजनमाथि जबाफ दिने क्रममा प्रधानमन्त्री ओलीले विधेयक तुरून्तै पारित हुने उल्लेख गरेका हुन्।

‘शिक्षकले भन्दा मात्र होइन नभन्दा पनि विकास निर्माण अघि बढाउँछौं। शिक्षा विधेयक तुरून्तै आउँछ। तुरून्तै पास हुन्छ’, ओलीले भने, ‘निजामती पनि त्यस्तै हो।’ प्रधानमन्त्री ओलीले शिक्षक, कर्मचारी, प्राध्यापक र विद्यार्थीका समस्या समाधानका लागि सरकारले काम गर्ने समेत दाबी गरे। विद्यालय शिक्षा विधेयकमाथि हाल प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल चलिरहेको छ।

विधेयक समितिबाट पारित हुने अन्तिम चरणमा छ। सांसदहरूले असार १५ गते अघि नै प्रतिनिधि सभामा यो विधेयक पेस गर्ने तयारी गरिरहेका छन्। 

प्रतिक्रिया

सम्बन्धित समाचार