ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल निर्दोष सावित : प्रधानमन्त्री पुष्पकमल दाहाल

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१५ भाद्र २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल निर्दोष सावित भएको बताएका छन् ।

‘माधवजीको बारेमा पनि धेरै प्रश्न उठ्यो । के हो ? कसो हो ? भनिनै राखियो । पहिलो चोटी उहाँ निर्दोष हुनुहुन्छ भन्ने औपचारिक ढंगले सावित भयो । फेरि प्रश्न उठाउने ठाउँ रहेन । सिआईबीले के हो भनेर बयान लियो । अन्ततः मुद्दा चलाउन नपर्ने भनेर लिखित रुपमा दियो ।’ उनले भने, माधवजीलाई मात्र भए त हुन्थ्यो त्यो टेन्सन मलाई पनि । अन्य कुनै षड्यन्त्र हुने हो कि भन्ने आशंका थियो ।’

आज (शुक्रबार) समाजवादी मोर्चाको गण्डकी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले उक्त प्रकरणमा उनलको संलग्नता नरहेको पुष्टि गरेसँगै नेता नेपाल निर्दोष सावित भएको बताएका हुन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार