आज ५ सय रुपैयाँले बढ्यो सुन

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१२ वैशाख २०८१

अघिल्लो दिन प्रतितोला २७ सय रुपैयाँ घटेको सुन बुधबार भने ५ सय बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ३६ हजार रुपैयाँमा सुनको कारोबार भएको छ । अघिल्लो दिन १ लाख ३५ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य १० रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६७० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार