सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख १६ हजार रुपैयाँ कायम

लाइभ न्यूज रफतार 3760+ समाचार ( )
३ अशोज २०८२

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १६ हजार रुपैयाँ कायम भएको छ । हिजो बिहीबार सुन तोलाको २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेको छ ।

मूल्य बढेसँगै चाँदी प्रतितोला २ हजार ५ सय ८० रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार