मंगलबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ । >
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको थियो । चाँदीको भाउ प्रतितोला ५५ रुपैयाँ बढेको छ ।>
अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँ रहेको चाँदी आज २ हजार ४५ रुपैयाँमा कारोबार भएको छ ।>>