सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार?

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
३ माघ २०८०

आज नेपाली बजारमा सुनको मूल्य १२ सय रुपैयाँले घटेको छ ।

मंगलबार प्रतितोला १ लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार भएको  थियो। छापावाला सुनको  आज १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार