पार्श्वनाथ डेभलपर्स, विराटनगरले पुराना बाइक तथा स्कुटरलाई नयाँ टीभीएस सवारीसँग साट्ने उद्देश्यले विशेष ‘टीभीएस अब सबैको’ महा एक्सचेन्ज अभियान सञ्चालन गर्ने भएको छ।>
असोज २१ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने अभियान विराटनगरको मुनालपथस्थित पञ्जाबी पेट्रोल पम्पको अगाडि आयोजना हुने जनाइएको छ। अभियानअन्तर्गत पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गरी नयाँ टीभीएस खरिद गर्ने ग्राहकले खरिद मूल्यको १०० प्रतिशतसम्म नगद फिर्ता पाउने अवसर रहेको आयोजकले जनाएको छ। त्यस्तै, गोल्डेन की जित्ने अवसर, १० लाख रुपैयाँसम्म नगद छुट तथा ५ वर्षसम्म निःशुल्क सर्भिसको सुविधा समेत उपलब्ध हुने बताइएको छ।>
ग्राहकको सहजताका लागि नागरिकता र सवारी चालक अनुमतिपत्रका आधारमा वित्तीय सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको आयोजकको भनाइ छ। पुराना सवारी साधनलाई नयाँ टीभीएसमा परिवर्तन गर्न चाहने ग्राहकलाई लक्षित गरी आयोजना गरिएको अभियानमा विराटनगर तथा आसपासका क्षेत्रका ग्राहकलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ।>
अभियानसम्बन्धी थप जानकारीका लागि ९८०२७९३८०० र ९८०५३७७८८२ मा सम्पर्क गर्न सकिनेछ।>>