नेकपा एमालेले मागे राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा

लाइभ न्यूज रफतार 3760+ समाचार ( )
१८ असार २०८२

नेकपा एमालेले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ । एमाले सांसद पदम गिरीले समितिको बैठकमा सभापति खतिवडाको राजीनामा मागेका हुन् ।

“यो नेपालको संसद्को इतिहासमा लज्जास्पद स्थिति हो । प्रतिवेदनमा समितिको सभापति र सचिवको हस्ताक्षर छ । हेर्ने अन्तिम दायित्व उहाँहरूको हो,” सांसद गिरीले भने, “जिम्मेवारी लत्याएर गैरजिम्मेवार बनेको देखियो । नैतिकताको हिसाबले जिम्मेवारीमा रहन मिल्दैन ।”सभापति खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने उनको माग छ ।

“सचिव पनि यो समितिमा सचिवको रूपमा बस्न मिल्दैन,” उनले भने । 


प्रतिक्रिया

सम्बन्धित समाचार