रुखले किचेर तेह्रथुममा एक जनाको मृत्यु

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१७ माघ २०८०

तेह्रथुममा रुखले किचेर एकजनाको मृत्यु भएको छ । 

म्याङलुङ नगरपालिका–६, निरौला गाँउ बस्ने ५३ वर्षीय डिल्लीप्रसाद निरौलाको मृत्यु भएको छ । 

मंगलबार दिउँसो आफ्नै बारीमा रहेको उत्तीसको रुख काटेर ढाल्ने क्रममा हाँगाले टाउकोमा लागेर गम्भीर घाइते भएका थिए ।

उनको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार