मकवानपुरमा ई भी माइक्रो दुर्घटना हुँदा तीन जना घाइते

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१९ अशोज २०८१

काठमाडौँबाट धरान जाँदै गरेको ई भी माइक्रो मकवानपुरको बागमती गाउँपालिकामा दुर्घटनामा परेको छ । प्रदेश ००१ ज ४३२८ नम्बरको माइक्रो मदन भण्डारी लोक मार्गमा अन्तर्गत बागमती गाउँपालिका -८ सात्तले भन्ने स्थानमा दुर्घटना भएको हो । १२ यात्रु लिएर जाँदै गरेको उक्त माइक्रो आफै अनियन्त्रित भई सडक छेउको नालामा पल्टन गई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा माइक्रो चालक धनकुटा जिल्ला बुद्ध नगरपालिका-१ हिले बस्ने वर्ष ५२ का देवी थापा, सोही स्थान बस्ने वर्ष ३० की प्रमीला तामाङ, र काठमाडौँ चावेल बस्ने अन्दाजी वर्ष ४८ की बिना तामाङ सामान्य घाइते भएका छन्। घाइते तीनै जनाको हेटौडा स्थित चुरे हिल अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले घटना सम्बन्धि थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार