नेपालको राजनीति अस्थिरताको भूमरीमा परे : विजयकुमार गच्छदार

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
९ श्रावण २०८०

नेपाली कांग्रेसका पूर्व उपसभापति विजयकुमार गच्छदारले नेपालको राजनीति अस्थिरताको भूमरीमा परेको बताएका छन् ।

पार्टीका पूर्व महामन्त्री शशांक कोइरालाले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहेका गच्छदारले देशको राजनीति खराब अवस्थाबाट गुज्रिएको बताएका छन् । उनले नेपाली कांग्रेस कमजोर भएमा लोकतन्त्र कमजोर हुने भन्दै कांग्रेसलाई शसक्त ढंगबाट अगाडि बढाउनुपर्ने बताए ।

उनले भने ‘ नेपालको राजनीति तरल अवस्थामा छ, अस्थिरताको दलदलमा परेको छ । नेपाली काँग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुन्छ ।

नेपाली काँग्रेसको पाइलट सभापति हो, अरू पदाधिकारी, सदस्य सभापतिको सहयोगी हुन्, को पाइलट हुन् । गुट, उपगुटमा नेपाली काँग्रेस नेपाली काँग्रेस नराम्रोसँग फसेको छ । देशको राजनीतिको अवस्था खराब छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार