सुनसरी निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य ई. दीपक कुमार साह र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आन्दोलनबाट प्रभावित विभिन्न स्थानको स्थलगत अनुगमन गर्दै पीडित व्यवसायी तथा स्थानीयसँग भेटघाट गर्नुभएको छ।>
अनुगमनका क्रममा टोलीले कोशी कटान क्षेत्र, फूलचोकस्थित ब्रदर्श हार्डवेयर, भोक्राहा–चिरौलीचोकस्थित बेचन साहको पान पसल तथा फलफूल पसल, इनरुवास्थित हेदर मन्सुरीको बाइक ग्यारेज लगायतका प्रभावित स्थानहरूको निरीक्षण गरी क्षतिको अवस्था बुझ्नुका साथै पीडितहरूसँग प्रत्यक्ष छलफल गरेको थियो।>
उहाँहरूले पीडितहरूको समस्या सम्बन्धित निकायसमक्ष पुर्याई आवश्यक राहत, पुनःस्थापना तथा क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।>
यस चरणमा अनुगमन हुन बाँकी रहेका अन्य प्रभावित स्थानहरूमा पनि सांसद साह चाँडै नै पुगेर स्थलगत निरीक्षण तथा पीडितहरूसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको जानकारी गराइन्छ।>>