ट्राफिक प्रहरीले मङ्सिर महिनामा ६० वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पाँच ९५० पटकभन्दा बढी उल्लङ्घन गरेको पाइएकोले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमतिपत्र निलम्वनका लागि यातायात व्यवस्था विभाग पठाएको हो ।कार्यालयका प्रवक्ता, प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पाँच पटकभन्दा बढी सवारी नियम उलङ्घन गरेकाले यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाहीका लागि यातायात व्यवस्था विभाग पठाइएको जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै कारवाही पर्नेमा एक जना ४४ पटक त्यसपछि क्रमशः एक जना ३५ पटक, तीन जना २४ पटक, एक जना १४ पटक, सात जना १२ पटक, दुई जना सात पटक, र ४५ जना छ पटक पक्राउ परेका सवारी चालक रहेका छन् ।पक्राउ परेकाले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाइएको प्रवक्ता भट्टले बताउनुभयो । >
ट्राफिक नियम उल्लङ्घन गर्ने ६० वटा सवारी चालक कारबाहीमा
प्रतिक्रिया
ताजा समाचार
‘सुशासन र पारदर्शितामा प्रशासन प्रतिबद्ध छ’, सरकार...
सोनु कुमार दास | ७ कार्तिक २०८३
सुनसरीमा मोटरसाइकलसहित २९१ ट्याब्लेट लागूऔषध बरामद
Jugesh Das | ६ कार्तिक २०८३
सुनसरीमा मोटरसाइकलसहित २९१ ट्याब्लेट लागूऔषध बरामद
Jugesh Das | ६ कार्तिक २०८३
वातावरणबिद अभिषेक श्रेष्ठ कृषि, वन तथा पर्यावरण...
Jugesh Das | २ कार्तिक २०८३
भोक्राहा नरसिंह गाउँपालिका अध्यक्षमा सन्तोष मेहताक...
Jugesh Das | १ कार्तिक २०८३
विराटनगरमा एक करोड लगानीमा ‘फोर स्टार’ म्याट्रेस स...
Jugesh Das | १ कार्तिक २०८३