जीवन विकास लगुवित्तिय ले जहदा ५ मा रहेको भानुभक्त आधारभुत विद्यालयका विद्यार्थीलाई कपि हस्तान्तरण

GrihaSewa Pvt.Ltd. 36+ समाचार ( )
३ आश्विन २०८०

असार १ मोरङ। मोरङ को जहदा गाउँपालिका वडा न: ५ मा रहेको श्रि भानुभक्त आधारभुत विद्ययालय का ९० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ।

 

जीवन विकास समाज अन्तर्गत सामाजिक विकास परियोजना कार्यक्रम को आयोजनामा र जीवन  विकास लगुवित्तिय वित्तीय संस्था लिमिटेड शाखा मझारे को सहयोगमा भानुभक्त आधारभुत विद्यालयका बाल कक्षा देखि कक्षा ५ सम्म का जम्मा ९०  जना विद्यार्थीलाई कपि हस्तान्तरण गरेको जीवन विकास समाज अन्तर्गत सामाजिक विकास परियोजना कार्यक्रम को सामाजिक संवाहक ( परिचालक) अभय मगर ले बताएका छन।कार्यक्रम मा पवन मलाहा, मझारे शाखा प्रमुख सन्तोष साह, र नरहरि कोईराला लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार