गोल्डेन अस्पतालको सुविधा सम्पन्न भवनको उद्घाटन

लाइभ न्यूज रफतार 2864+ समाचार ( )
२७ श्रावण २०८१


गोल्डेन अस्पतालको नव निर्मित भवनको कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले उद्धघाटन गरेका छन् । 

आइतबार एक कार्यकको बिच गोल्डेन अस्पतालको नव निर्मित भवनको उद्धघाटन भएको अस्पतालका संचालक समिति सदस्य सनातन मण्डलले जानकारी दिएका छन् । 

गोल्डेन अस्पतालले यस भन्दा अगाडि बिराटनगरमा रहेको हस्पिटल चौकमा भाडाको भवनबाट सेवा प्रवाह गर्दै आएका थिए । अत्याधुनिक उपकरणहरु सहित गोल्डेनले बिराटनगर ११ स्थित रहेको भवनबाट अब सेवा प्रवाह गर्ने छ । अस्पतालको उद्धघाटन गर्दै मुख्यमन्त्री कार्कीले भने , कोशी प्रदेश आफैमा स्वास्थय क्षेत्रको हबको रुपमा परिचिति हुँदै छ ।

उनले भने , गोल्डेन अस्पतालले स्वास्थ्य सेवा क्षेत्रमा निकै मिहिनेत गरेर यो ठाँउ सम्म आइपुगेको बताए । उनले भने , मिहिनेत र लगनशिलताले हरेक क्षेत्रमा विकास हुने र कोशी प्रदेश सरकार स्वास्थ्य क्षेत्रको विकासको लागि सधैव साथ रहने बताए ।अस्पतालका प्रबन्ध निर्देशक डा. श्यामकुमार रौनियारका अनुसार, केही समयसम्म अस्पतालले पुरानो र नयाँ दुवै स्थानबाट सेवा प्रदान गर्नेछ।

कार्यक्रममा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई , कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङ   लगायत   , बिभिन्न राजनीतिक दलका नेताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार