छठपछि आजपाले आन्दोलन गर्ने

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
७ अशोज २०८२

आम जनता पार्टी (आजपा)ले छठपछि आन्दोलन गर्ने भएको छ । काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा भवनमा ४ असोजमा केन्द्रीय कमिटी र ५ असोजमा बसेको पदाधिकारी बैठकका निर्णय सार्वजनिक गर्दै आजपाले छठपछि आन्दोलन गर्ने जानकारी दिएको हो ।

आजपा प्रवक्ता चन्द्रभुषण साहले विज्ञप्ति निकालेर छठपछि आन्दोलनमा उत्रिने निर्णय भएको जनाएका छन् । दशैं, दिपावली, छठ पर्वसम्म पार्टीको प्रदेश, जिल्ला, पालिका कमिटीको बैठक, भेला, कमिटी गठन, पुनर्गठन, शुभकामना अदानप्रदान लगायतका गतिविधि गर्ने र चाडपर्व सकिएपछि आन्दोलनमा उत्रिने निर्णय आजपाले गरेको हो । ‘दशैं, दिपावली, छठपर्वसम्म हामीले शुभकामना कार्यक्रम सहित बिभिन्न कमिटीको बैठक, भेला, कमिटी गठन, पुनर्गठन गर्दै अगाडी बढनेछौं ।

केन्द्रीय कमिटी पुनर्गठन गरेका छौं, अब प्रदेश, जिल्ला कमिटीहरु पुनर्गठन गर्दै छठपर्वपछि हामी व्यवस्था परिवर्तनका लागि आन्दोलन सहित निर्वाचनमा सहभागि हुने निर्णय गरेका छौं,’ प्रवक्ता साहले उल्लेख गरेका छन् । ‘पार्टी केन्द्र, प्रदेश तथा जिल्ला कमिटीहरुलाई पूर्नगठन गर्दै सिस्टम सुधारका लागि जनदवाव अभियान सहित निर्वाचनमा सहभागी हुने निर्णय गरिएको ,’ आजपाको निर्णय छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार