शिवा शंकर राय / विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका दाबेदार समेत रहेका बालेन्द्र साह (बालेन)सँग नेपाली काँग्रेस निकट केही नेताहरुले चुनाव अगावै भेटघाट गरेको विषयले राजनीतिक वृत्तमा चर्चा पाएको छ।>
कोशी प्रदेशका युवा नेता तथा नेपाली काँग्रेस निकट राजेश गुप्ता र रंजित कुमार झा सहित केही नेताहरुले बालेनसँग विराटनगरस्थित एक होटलमा भेट गरेको तस्बिर सार्वजनिक भएपछि उक्त भेटबारे विभिन्न अड्कलबाजी सुरु भएको हो।>
माघ १० गते शनिबार विराटनगरमा आयोजित एक पत्रिकाको वार्षिकोत्सव कार्यक्रममा सहभागी भएपछि काँग्रेस निकट केही नेताहरु एयरपोर्ट नजिकै रहेको पर्पल हेज होटल पुगेका थिए। सोही दिन मेयर बालेन्द्र साह पनि विराटनगरबाट काठमाडौं फर्किने तयारीमा थिए।>
उक्त कार्यक्रममा रिपोर्टिङका लागि पुगेका लाइभ न्यूज रफ्तारका पत्रकार सोनुकुमार दासका अनुसार उनीहरु रिपोर्टिङ गरिरहँदा बालेन्द्र साह होटलभित्रको एक कक्षमा बसेर छलफल गरिरहेको देखिएको थियो। बाहिर भने काँग्रेस निकट नेताहरु चिया पिउँदै बसिरहेका थिए।>
पत्रकार दासका अनुसार सोही क्रममा काँग्रेस नेता रंजित कुमार झाले उनलाई भित्र बोलाएका थिए। भित्र पुगेपछि उपस्थित केही नेताहरुले “कस्तो समयमा आयौं, भित्र बालेन्द्र साह बसिरहँदा हामी यहाँ आयौं” भन्ने प्रतिक्रिया दिएको उनले बताए।>
दासले नेताहरुसँग ‘के तपाईंहरु बालेन्द्र साहसँग भेटघाटका लागि आउनुभएको होरु’ भन्ने प्रश्न गर्दा उनीहरुले भने त्यसलाई अस्वीकार गरेका थिए। तर लाइभ न्यूजका पोलिटिकल ब्यूरो पत्रकार शिवशंकरले प्राप्त गरेको एक तस्बिरमा भने बालेन्द्र साहसहित केही नेताहरु होटलको भित्रको कक्षमा सँगै बसेर छलफल गरिरहेको देखिएको छ।>
लाइभ न्यूजले भेटमा सहभागी भनिएका व्यक्तिहरुसँग बुझ्दा उनीहरुले आफूहरु कक्षमा बसिरहेका बेला बालेन त्यहाँ आएको र सोही क्रममा फोटो खिचिएको बताएका छन्। उनीहरुले पार्टीविरुद्ध हुने कुनै किसिमको गोप्य बैठक वा राजनीतिक छलफल नभएको दाबी गरेका छन्।>
लाइभ न्यूजलाई प्राप्त तस्बिरमा अरुण सुराना, अरुण राठी, रंजित कुमार झा, बंशी राजवंशी र राजेश गुप्ता देखिएका छन्।>
उक्त भेट आकस्मिक मात्र भएको वा कुनै राजनीतिक सन्देश बोकेको हो भन्ने विषयमा भने सम्बन्धित पक्षबाट औपचारिक धारणा सार्वजनिक भएको छैन।>>
अन्तर पार्टीका नेताहरु भेटहुनु , छलफल हुनु , फोटो खिचनु सामान्य कुरा हो ।
अन्तर पार्टीका नेताहरु भेटहुनु , छलफल हुनु , फोटो खिचनु सामान्य कुरा हो ।