राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा.अरनिको पाँडेलाई धरौटीमा छाड्न आदेश

लाइभ न्यूज रफतार 3757+ समाचार ( )
१३ भाद्र २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा.अरनिको पाँडेलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई धरौटीमा छाड्न  आदेश जारी गरेको हो । एक जना महिलालाई सामाजिक सञ्जाल मार्फत गालीगलौज गरेको आरोपमा उनी बुधबार पक्राउ परेका थिए । उनीविरुद्ध अनुसन्धान गर्नका लागि अदालतले ४ दिनको म्याद थप गरेको थियो । वातावरणविद् पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए ।

उनी रास्वपा सरकारमा रहेको बेलामा २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य समेत बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार