बाढी–पहिरोले ठूलो जनधनको क्षति मात्र गर्दैन, विपद्पछि संक्रामक रोग फैलिने जोखिम पनि बढाउँछ । >
दूषित पानी, असुरक्षित खाना, फोहोर व्यवस्थापनको समस्या, भीडभाड तथा लामखुट्टेको वृद्धि हुँदा बाढी प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, , डेङ्गु, मलेरिया तथा श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढ्न सक्छ। समयमै सावधानी नअपनाए प्राकृतिक विपत्तिपछि अर्को स्वास्थ्य संकट निम्तिन सक्ने चिकित्सकहरू बताउँछन् ।>
नेपाल प्रहरीका अनुसार बुधबार साँझसम्म भोटेकोशी बाढीमा परी मृत्यु भएका ३५९ जनाको शव फेला परिसकेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ९०० भन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन छन्। घाइते तथा उद्धारको पर्खाइमा रहेका मानिसको संख्या पनि ठूलो छ।>
प्रकोपपछि स्वाभाविक रूपमा मानिसको ध्यान उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित हुन्छ। तर बाढीको पानी घटेपछि पनि स्वास्थ्य जोखिम भने कायमै रहन्छ। विशेषगरी खानेपानीका स्रोतमा ढल, मलमूत्र, फोहोर, शव तथा मरेका जनावरका अवशेष मिसिएमा पानीजन्य रोग फैलिने सम्भावना उच्च हुन्छ।>>