आज २५६८ औँ बुद्ध जयन्ती मनाइँदै

लाइभ न्यूज रफतार 2561+ समाचार ( )
१० जेठ २०८१

आज शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ ।

आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका बुद्धको पूजा र आराधना गरि बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्वमा शान्ति स्थापना गर्न गरेको योगदानका लागि स्मरण गर्दै यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिपूर्वक बुद्धजयन्ती मनाउने गर्दछन् । भगवान् गौतम बुद्धले ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ जस्ता थुप्रै सन्देशहरु प्रवाह गर्नु भएको छ । 

मानिसका दुःख देखेर चिन्तित बनेका राजकुमार सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा तपस्याका लागि दरबार छोड्नु भएको थियो । आज बुद्ध जयन्ती र उँभौली पर्व एकै दिन परेको छ । सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार