चीनमा कोरोना संक्रमण तीव्र बनेपछि डब्लुएचओको चिन्ता

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
७ पौष २०७९

चीनमा कोभिड–१९ को नयाँ लहरमा संक्रमितहरुको संख्या निकै बढेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिन्ता व्यक्त गरेको छ ।

डब्ल्यूएचओका आपतकालीन प्रमुख डा.माइकल रायनले अधिकारीहरूले बिरामीको सङ्ख्या कम रिपोर्ट गर्दै आए पनि सघन उपचार कक्ष (आईसीयू) भरिएको बताए।

चीनको तथ्यांकले बुधबार कोरोनाबाट कसैको मृत्यु नभएको देखाएको बताए पनि यसमा शंका भएको उनको भनाइ उल्लेख गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

चीनमा कोरोना महामारी बढेसँगै राजधानी बेइजिङ र अन्य सहरका अस्पतालमा पछिल्लो समय बिरामीको संख्या बढेको छ ।

सन् २०२० देखि चीनले तथाकथित शून्य कोभिड नीति अन्तर्गत विभिन्न प्रतिबन्धहरू लगाएको छ।

उक्त नीतिको अर्थतन्त्रमा परेको दुष्प्रभावलाई आधार मानेर सरकारले दुई साताअघि केही नियमलाई खुकुलो पारेको छ ।

त्यसयता कोरोना संक्रमितको संख्या बढेको छ । यससँगै वृद्धवृद्धामा मृत्यु हुनेको संख्या बढ्ने डर पनि उत्पन्न भएको छ ।

चीनको आधिकारिक तथ्यांक अनुसार मंगलबार पाँच र सोमबार दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार