सुनचाँदीको भाउ घट्यो , प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँमा सुनको कारोबार

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१७ श्रावण २०८२

शुक्रबार पनि सुनचाँदीको भाउ घटेको छ । सुन प्रतितोला ५ सय रुपैयाँले मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको महासंघले जनाएको छ । दुई दिनमा सुनको भाउ १३ सय रुपैयाँ घटेको छ । मंगलबार १ लाख ९४ हजार ४ सयमा कारोबार भएको सुन हिजो बुधबार १ लाख ९३ हजार ६ सयमा झरेको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन २२७० रुपैयाँ रहेको चाँदी यस दिन २२३५ रुपैयाँमा झरेको छ । यसअघि मंगलबार २३१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार