गोल्डेन हस्पिटलमा पुर्वाञ्चल्कै वरिष्ठ तथा सिनियर एम. सी. एच न्युरो सर्जन

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१६ माघ २०८१

गोल्डेन हस्पिटल बिराटनगरले पुर्वाञ्चल्कै सबै भन्दा वरिष्ठ तथा सिनियर एम सी एच न्युरो सर्जन डाक्टरलाइ भित्राएका छन्।

हस्पिटलले एक कार्यक्रमको आयोजना गरि नेपालकै फादर अफ न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटा संग बिगत १० वर्ष देखि संगै काम गरेका र १६ वर्ष देखि न्युरो र स्पाइन सर्जरीको क्षेत्रमा लामो अनुभव बोकिसकेका पुर्वाञ्चल्कै सबै भन्दा वरिष्ठ तथा सिनियर एम सी एच न्युरो सर्जन डाक्टर बिबेक वैध लाइ स्वागत गरेका हुन्।

गोल्डेन हस्पिटलमा एम सी एच न्युरो सर्जन डाक्टर वैधको २४ सै घण्टा सेवा उपलब्ध रहने अस्पतालका प्रसासक सुधिर सिंह राठौरले जानकारी दिए।

उनले भने : – यस गोल्डेन हस्पिटलमा पुर्वाञ्चलकै उत्कृष्ट ट्रमा टिम, इएण्टि सर्जन डाक्टर संजिव ठाकुर , म्याक्जिलोफेसियल सर्जन डाक्टर मनिष अग्रवाल , एम्स देल्ही बाट डाक्टर अजय महतो सहित वरिष्ठ फिजिसियन डाक्टर श्याम कुमार रौनियार तथा उत्कृष्ट चिकित्सा पद्दति द्वारा २४ सै घण्टा इमेर्गेंसी सेवा, एड्भान्स मोदुलर ओटी , लुकका को लेटेस्ट माइक्रोस्कोप, आइसीयु एन आइसीयु सहित सुविधा सम्पन्न आफ्नै भवनमा १९२ स्लाइस्को ए आइ प्रविधियुक्त सिटि स्क्यान अत्याधुनिक प्रविधिरहित न्युरो सर्जरिको क्षेत्रमा एक मात्र गन्तव्य गोल्डेन हस्पिटल, सजिलो कम खर्च तथा गुणस्तरिय उपचारको लागि एक मात्र विस्वसनिय हस्पिटल गोल्डेन हस्पिटल हो ।

साथै गोल्डेन हस्पिटल बिराटनगर बिगत लामो समय देखि पहुच नपुगेका जिल्लाहरुमा पुगी निरन्तर निशुल्क स्वाश्थ्य शिविर सेवालाई प्राथमिकतामा राखी स्वाश्थ्य शिविर पनि गर्दै आइरहेको छ , हस्पिटलका चिकित्सक टोलि हरेक महिना जिल्ला जिल्ला पुगी निशुल्क औषधि वितरण देखि चेक जांच समेत गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार