इजरायलले इरानको सरकारी टेलिभिजन च्यानलको कार्यालयमा आक्रमण

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
३ असार २०८२

इजरायलले इरानको सरकारी टेलिभिजन च्यानलको कार्यालयमा आक्रमण गरेको छ । इजरायलका सेनाले इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी)को कार्यालयमा सोमबार राति आक्रमण गरेका हुन् ।

टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेका बेला टेलिभिजन कार्यालयमा आक्रमण भएको दृष्य पनि प्रसारण भएको थियो । त्यही क्रममा कार्यक्रम प्रस्तोता कार्यक्रम बन्द गरेर बाहिर निस्किएको भिडियो अहिले भाइरल छ । आईआरआईबीले आफ्नो केन्द्रीय कार्यालयमा आक्रमण भएको केही छिन पछि नै पुनः प्रत्यक्ष प्रसारणमार्फत् सेवा सुरू गरेको छ । सरकारी स्वामित्वको प्रसारण सेवा आईआरआईबीका एक वरिष्ठ अधिकारीले भनेका छन्, ‘इरानी राष्ट्रको शत्रुले केही मिनेट अघि इस्लामिक रिपब्लिक अफ इरान न्यूज नेटवर्कविरुद्ध सैन्य आक्रमण गरेको छ ।’ प्रत्यक्ष प्रशारणबाट उनले भने, ‘इस्लामी क्रान्ति र महान् इरानको आवाजलाई सैन्य कारबाहीबाट दबाउन सकिंदैन भन्ने तथ्यबारे इजरायल अनभिज्ञ देखियो ।’ यसअघि, इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानको सरकारी टेलिभिजन र रेडियोलाई लक्षित आक्रमण गरी ‘तिनीहरूलाई ध्वस्त पारिदिने’ धम्की दिएका थिए ।

‘इरानी प्रोपोगान्डा र उक्साउने मेगाफोन ध्वस्त हुन लागेको छ,’ उनले एक विज्ञप्ति जारी गरी भनेका थिए । उनले आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान पनि भनेका थिए । त्यसैगरी इजरायली सेनाले पनि सोमबार नै राजधानीको उत्तरी ‘डिस्ट्रिक्ट थ्री’ को एक भागका बासिन्दालाई ‘तत्काल’ त्यहाँबाट बाहिर निस्कन आग्रह गरेको थियो ।

प्रतिक्रिया

Choy K. ३ श्रावण २०८२, शुक्रबार

Hi, Would you be open to a simple link exchange? I’ll publish a short feature article about your business & linking to your site (livenewsraftar.com) from one of ours — and in return, you link back to us from any page on your site . Let me know if you’re keen! Best, Choy

सम्बन्धित समाचार