छिमेकी मुलुक भारतमा कोभिड-१९ संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१९ जेठ २०८२

छिमेकी मुलुक भारतमा कोभिड-१९ संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

देशभरि ३ हजार ५७८ जना संक्रिय संक्रमितको उपचार भइरहेको छ भने १ हजार ८१८ जना कोरोनामुक्त भएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले १२ जेठमा १५ राज्यमा कुल १ हजार ९ जना सक्रिय कोरोना संक्रमित रहेको तथ्यांक सार्वजनिक गरेको थियो ।

पछिल्लो ६ दिनमा सक्रिय कोरोना संक्रमितको संख्या तीन गुणा बढी अर्थात ३ हजार ५७८ जना पुगेको छ । यसअघि १५ राज्यमा कोरोना संक्रमित फेला परेको थियो । तर, पछिल्लो तथ्यांक अनुसार कोरोना फैलिएको राज्य २६ पुगिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार