आजदेखि लागु हुने गरी फेरि घट्यो कुखुराकाे मासुको मूल्य

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२० जेठ २०८२

आजदेखि लागु हुने गरी फेरि कुखुरा मासुको मूल्य घटेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले कुखुरा मासु मूल्य १० देखि १५ रुपैयाँसम्म घटेको जानकारी दिएको छ ।

संघका अध्यक्ष जंगबहादुर बिसीका अनुसार जिउँदो कुखुराको प्रतिकिलो मूल्य १० रुपैयाँ घटेर २ सय ४० रुपैयाँ कायम छ । यसअघि जिउँदो कुखुराको प्रतिकिलो मूल्य २ सय ५० रुपैयाँ थियो । यस्तै तयारी मासुको मूल्य पनि घटेको छ । तयारी मासु प्रतिकिलो १५ रुपैयाँले घटेको छ । यसअघि ३ सय ५० रुपैयाँ रहेको तयारी मासुको मूल्य ३ सय ३५ रुपैयाँमा झरेको अध्यक्ष बिसीले बताए । तीन दिनअघि पनि कुखुरा मासुको मूल्य प्रतिकिलो १० रुपैयाँदेखि १५ रुपैयाँ घटेको थियो ।

गर्मीमा मासु खपत कम हुने हुँदा मूल्य घटेको उनले बताए । ‘अहिले माग कम छ, गर्मीमा मागभन्दा बढी उत्पादन भएका कारण मूल्य घटेको हो,’ संघका अध्यक्ष बिसीले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार