पोखरा महानगरपालिका–२८, माझठानाबाट विद्यार्थी बोकेर आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनाबारे छानबिन गर्न महानगरपालिकाले समिति गठन गरेको छ।>
वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिलाई दुर्घटनाको कारण पत्ता लगाई पाँच दिनभित्र प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको छ।>
कालिकास्थित ओख्लेको भीरमा भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने अन्य घाइते उपचाररत छन्। समितिले विद्यालयका सवारीसाधनको सुरक्षा अवस्था अध्ययन गरी यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायसमेत सुझाउनेछ।>