काठमाडौं महानगरपालिकाले दुईवटा विद्यालयमा लगाइएका ताला मंगलबार खोलेको छ ।>
महानगरको वडा नम्बर १५ ठूलो भर्याङस्थित संस्कृति इन्टरनेसनल स्कुल र वडा नम्बर ३ बाँसबारीस्थित युलेन्स स्कुलको ताला मंगलबार नगर प्रहरीको टोलीले खोलेको हो । ती विद्यालयमा विभिन्न माग राख्दै विद्यार्थी संगठनले केही दिनयता तालाबन्दी गरेका थिए ।>
यसअघि, ती विद्यालयमा राजनीतिक क्रियापकलाप नगर्न महानगरले पटकपटक आग्रह गर्दै आएको थियो ।
>>