इरानले इसराइलको सबैभन्दा ठूलो तेल प्रशोधन क्षेत्रमा मिसाइल प्रहार

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२ असार २०८२

इरानले इसराइलको सबैभन्दा ठूलो तेल प्रशोधन क्षेत्रमा मिसाइल प्रहार गरेको छ।  गएराति इरानले उत्तरी इसराइलको हाइफा बे मा रहेको तेल प्रशोधन क्षेत्रमा मिसाइल प्रहार गरेको हो।

इरानको हमलापछि तेल प्रशोधन केन्द्र रहेको उक्त क्षेत्रमा आगो लागेको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ। इरानी हमलाबाट त्यस क्षेत्र आगोको लप्काले ढाकिएका भिडियो र फोटोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। न्युयोर्क टाइम्सले तस्बिर र फोटो भेरिफाइ गरिएको बताएको छ। आगलागी भएपछि मानिसहरू त्यहाँ अड्किएका थिए। बिहान ढिलासम्म पनि उनीहरूको उद्धार र आगो नियन्त्रणमा इसराइली अधिकारीहरू खटिएका थिए। इरान र इसराइलले चार दिनदेखि  एक-अर्कामाथि आक्रमण गरिरहेका छन्। गएराति इसराइलले इरानका ८० ठाउँमा लक्ष्य गरेर आक्रमण गरेको न्युयोर्क टाइम्सले जनाएको छ।

आक्रमणमा परी २० जना उच्च सैन्य अधिकारी, आणविक वैज्ञानिक र नागरिक गरी २२० जनाभन्दा बढीको मृत्यु भएको र १ हजार २०० जनाभन्दा बढी घाइते भएका छन्। इसराइलको आपतकाली सेवा मगेन डेविड एडम (एमडिए) आपतकालीन सेवाले गएराति इरानले इसराइलका चार स्थानमा लक्ष्य गरेर आक्रमण गरेको जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार