उच्च मूल्यबाट सुनको भाउ प्रतितोला १७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँ तोकेको छ ।>
अघिल्लो दिन हालसम्मकै उच्च २ लाख २३ हजार रुपैयाँ थियो । चाँदीको भाउ प्रतितोला १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २७ सय रुपैयाँ रहेको चाँदी आज २६८५ रुपैयाँमा झरेको छ । अघिल्लो दिनको चाँदीको भाउ पनि हालसम्मकै उच्च हो ।>>