प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँस गरेर स्थगित भएको हो।>
प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिरहेका छन्। यही माग राखेर माओवादी, रास्वपा, एकीकृत समाजवादीलगायत विपक्षी दलहरूले सदन चल्न दिएका छैनन्।>
कांग्रेस र एमाले भने गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने बताइरहेका छन्। सत्ता र प्रतिपक्षी दलहरूबीच समझदारी नबन्दा प्रतिनिधि सभा बैठक स्थगित भएको हो।>>