रवि लामिछाने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२२ माघ २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुग्नु भएको छ ।

लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेट्न आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुग्नु भएको हो । उहाँबीच एक घण्टा वार्ता भएको थियो । भेटमा के के विषयमा कुराकानी भयो भन्ने जानकारी दिइएको छैन ।

पार्टी केन्द्रीय कमिटी र संसदीय दलको बैठक बस्नुअघि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुग्नु भएको हो ।

लामिछानेको नागरिकता अवैध ठहर भएर सांसद तथा गृहमन्त्री पद गुमाएको रास्वपा सरकारबाट बाहिरने कि सरकारमा रहने भन्ने अन्यौलमा परेको छ । 


प्रतिक्रिया

सम्बन्धित समाचार